नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले विभिन्न सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।
उक्त सेयर संस्थापक बाहेकका व्यक्ति वा संस्थाले मात्रै किन्न पाउनेछन् । यसभन्दा अघि संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको भएपनि तोकिएको म्यादसम्म संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेपछि यसपटक संस्थापक बाहेकका व्यक्ति वा संस्थाका लागी सेयर बिक्रि खुला गरिएको हो ।
सेयर किन्न इच्छुक खरीदकर्ताले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस