Like us!
Follow us!
Connect us!
Watch us!

स्कटल्याण्डमाथि नेपालको ५ विकेटको जित

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, ०७ : १४ मा प्रकाशित

स्कटल्याण्डमाथि नेपालको ५ विकेटको जित

नेपालले स्कटल्याण्डमाथि जित हासिल गरेको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डमाथि ५ विकेटको जित हासिल गरेको हो ।

स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा आरिफ सेखले अर्धशतकीय पारी खेलेका थिए भने गुलशन झाले २५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २५, आसिफ सेखले २१ र अनिल शाहले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ४१.४ ओभरमा अल आउट हुदै १५४ रन बनाएको थियो । स्कटल्याण्डका लागि मार्क वाटले सर्बाधिक ३४ रन बनाएका थिए । त्यस्तै नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण केसी, सोमपाल कामी र गुलशन झाले २-२ विकेट लिए भने आरिफ सेखले एक विकेट लिएका थिए ।

खेलमा अर्धशतकीय पारी खेलेका आरिफ सेख खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

लिग-२ मा नेपालले ७ हारपछि दोस्रो जित हासिल गरेको छ । योजितपछि नेपालको १० खेलमा ५ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको ९ खेलमा ११ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

अब सिरिजमा नेपालले आगामी शनिबार अमेरिकासँग खेल्ने तालिका छ भने सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको