Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटल १३.६६ करोड घाटामा, प्रतिसेयर आम्दानी ऋणात्मक

अर्थ संसार

सोमबार, ०३ जेठ २०७८, ०७ : ५३ मा प्रकाशित

सोल्टी होटल १३.६६ करोड घाटामा, प्रतिसेयर आम्दानी ऋणात्मक

सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्ष खुद नाफामा व्यापक गिरावट देखिएको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी १३ करोड ६६ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ । तर गत आर्थिक वर्षको यसै अवधिको कम्पनीले १४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफामा ७४ प्रतिशतले गिरावट आएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले त्यो घटेर ३० करोड ८७ लाख रुपैयाँमा सिमित हुन पुगेको छ । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी १५ प्रतिशतले बढाएर ७३ करोड २६ लाख रुपैयाँबाट ८४ करोड २५ लाख रुपैयाँ पुर्‍याउन सफल भएको छ भने कम्पनीको रिजर्भको आकार भने ३० प्रतिशतले घटेर ६७ करोड ५ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीको खुद मुनाफामा व्यापक गिरावट आएसंगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक देखिएको छ । गत बर्ष २.५६ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो अवधिमा घटेर २.१६ रुपैयाँ ऋणात्मक हुन पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७ रुपैयाँ ९६ पैसा रहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको