Like us!
Follow us!
Connect us!
Watch us!

फ्रेन्चाइजीबाट किन रिलिज गरिए राहुल, पन्त र अय्यर ?

अर्थ संसार

शुक्रबार, १६ कार्तिक २०८१, ०८ : १८ मा प्रकाशित

फ्रेन्चाइजीबाट किन रिलिज गरिए राहुल, पन्त र अय्यर ?

आइपिएलका सबै १० फ्रेन्चाइजीहरूले २०२५ का लागि खेलाडी रिटेन र रिलिजको सूची जारी गरेका छन् । 

यसक्रममा केही फ्रेन्चाइजीले ठुलो निर्णय गरेका छन् । दिल्ली क्यापिटल्स, कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टले आफ्ना कप्तानलाई नै रिलिज गरेका छन् । कप्तानको फ्रेन्चाइसँगको सम्बन्ध राम्रो नभएका कारण तिनै कप्तानलाई रिलिज गरिएको छ । दिल्लीले ऋषव पन्तलाई, लखनउले केएल राहुललाई र कोलकोताले श्रेयस अय्यरलाई रिलिज गरेका हुन् । 

यसका पछाडि धेरै कारणहरु बताइन्छ । आईपीएल २०२४ मा लखनउका मालिक सञ्जीव गोयन्कासँग राहुलको झगडादेखि लिएर टी–२० मा उनको खराब ब्याटिङका कारण रिलिज गरिएको बताइएको छ । तर, सबैभन्दा ठूलो कारण राहुलले टी–२० मा परिस्थिति अनुसार ब्याटिङ गर्न नसकेको हो । 

त्यस्तै दिल्ली क्यापिटल्सले पनि ऋषभ पन्तलाई रिलिज गरेको छ । वास्तवमा, पन्त र जीएमआर व्यवस्थापन सह-मालिक जीएसडब्लुबीच टोलीमा खेलाडीलाई रिलिज गर्ने विषयमा विवाद भएको थियो । पन्त टोलीको निर्णयमा आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्थे, जबकि दिल्ली फ्रेन्चाइज त्यसका लागि तयार थिएन । दिल्लीले पन्तलाई टिममा राख्ने तर कप्तानी नदिने बताएपछि पन्तले दिल्ली छोड्ने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

त्यस्तै कोलकोताले पछिल्लो सिजनमा आइपिएलको उपाधि जिताएका कप्तान श्रेयस अय्यरलाई रिलिज गरेर सबैलाई चकित पारेको छ । कोलकोताले श्रेयस पछिल्लो पटक राष्ट्रिय टिममा नियमित नभएको र धेरै रकम माग गरेका कारण रिलिज गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अब राहुल, पन्त र अय्यर आगमी मेगा अक्सनमा जाने भएका छन् । मिडिया रिपोर्टका अनुसार पञ्जाव किंग्स, आरसिबी र चेन्नई सुपर किंग्सले यी तीन खेलाडीमाथि ठुलो बोलि लगाउन सक्ने उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको