Like us!
Follow us!
Connect us!
Watch us!

सट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !

अर्थ संसार

शुक्रबार, १६ कार्तिक २०८१, ०९ : ३७ मा प्रकाशित

सट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !

अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिक आउदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

चुनावको नतिजा कसैको पक्षमा जान सक्ने विभिन्न सर्वेक्षणले देखाएको छ ।

नोभेम्बर ५ मा हुने मतदानको दिन भन्दा अगाडी अहिलेसम्म ६० मिलियन अमेरिकीहरुले मेल-इन भोट वा व्यक्तिगत रूपमा मतदान गरिसकेको बताइएको छ । 

बुधवार जारी गरिएको सर्वेक्षणले पेन्सिल्भेनिया र उत्तरी क्यारोलिनामा कमला ह्यारिसभन्दा ट्रम्प एक प्रतिशत मात्र अगाडि रहेको देखाएको छ भने मिशिगनमा दुवैको बराबरी रहेको छ । एरिजोना, नेभाडा, जर्जिया र विस्कन्सिनमा पनि नजिकको प्रतिस्पर्धा छ। अर्को सर्वेक्षणले पेन्सिलभेनियामा दुई उम्मेद्वारहरू ४८ प्रतिशतले बराबरीमा राखेको छ भने कमला ह्यारिस विस्कन्सिनमा ट्रम्पभन्दा ६ अंकले र मिशिगनमा पाँच अंकले अगाडि छिन् । २०२४ को राष्ट्रपतीय निर्वाचन जित्नका लागि उम्मेदवारलाई २७० इलेक्टोरल भोट चाहिन्छ ।

सबै प्रमुख सर्वेक्षणहरूमा नजर राख्ने रियल क्लियर पोलिटिक्सले राष्ट्रिय स्तरमा ट्रम्पको ०.४ प्रतिशत अंकको अग्रता रहेको बताएको छ भने राज्यहरूमा दुई बीच कडा प्रतिष्पर्धा रहेको उल्लेख गरेको छ ।

यद्यपि, सट्टेबाजी बजारमा भने ट्रम्प ६३.१ अंकका साथ अगाडि छन् भने ह्यारिस ३५.८ अंकका साथ पछि परेकी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको