Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै बढ्यो डलरको मूल्य ,अन्य मुद्राको विनिमयदर कति?

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, ०८ : २१ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै बढ्यो डलरको मूल्य ,अन्य मुद्राको विनिमयदर कति?

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५६ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस दिन एक युरोको खरीदमूल्य १४४.२१ रुपैयाँ छ भने बिक्रीमूल्य १४४.८६ रुपैयाँ छ। एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८८.३३ रुपैयाँ तोकिएको छ भने बिक्रीमूल्य ८८.७३ रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी आज एक साउदी अरेबियन रियालको बिक्रीदर ३५.९८ रुपैयाँ, कतारी रियालको बिक्रीदर ३७.०८ रुपैयाँ, यूएई दिरामको बिक्रीमूल्य ३६.८० रुपैयाँ, मलेसियन रिंगिटको बिक्रीमूल्य ३०.६९ रुपैयाँ तोकिएको छ भने एक कुवेती दिनारको बिक्रीमूल्य ४४०.१९ रुपैयाँ निर्धारण भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको