Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्त घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, १० : ४३ मा प्रकाशित

आत्मनिर्भर लघुवित्त घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनी पहिलो त्रैमासमा लघुवित्त घाटामा छ । 

खुद घाटा

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ४३ लाख ५३ हजार गत आवको पहिलो त्रैमासमा भने कम्पनीले ५२ लाख ८३ हजार नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी

यस संस्थाको खुद ब्याज आम्दानी १६.१७ प्रतिशतले बढेर ३ करोड १३ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी २ करोड ६९ लाख रुपैयाँ थियो । 

निक्षेप संलकन र कर्जा प्रवाह

समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ८८ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ

कम्पनी नोक्सानीमा भएसँगै प्रतिसेयर आम्दानी ०.०६४ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ३ सय ८२ रुपैयाँ २२ पैसा छ । 

खराब कर्जा अनुपात

संस्थाको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ८.५३ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १४.४३ प्रतिशत पुगेको छ । 

चुक्ता पूँजी र जगेडा

कम्पनीको चुक्ता पूँजी ६ करोड ८५ लाख छ । कम्पनीले जगेडामा २० करोडभन्दा बढी सञ्चिति गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको