Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्तले बोलायो साधारणसभा,कहिले छ बुक क्लोेज ?

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, १० : ३५ मा प्रकाशित

आत्मनिर्भर लघुवित्तले बोलायो साधारणसभा,कहिले छ बुक क्लोेज ?

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले  छैठौं वार्षिक साधारणसभा बोलाएको छ। 

संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते होटल माला इन घोराही, दाङमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा प्रयोजनार्थ लघुवित्तले पुस १६ गते बुक क्लोज गर्ने जनाएकाले पुस १४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको