Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीपीडितले भने– हामीले पोखरालाई शान्त राख्न खोजेका हौं नत्र रास्वपाका कार्यकर्ताभन्दा बढी सडकमा उतार्न सक्थ्यौँ

अर्थ संसार

शुक्रबार, २३ कार्तिक २०८१, १५ : २४ मा प्रकाशित

सहकारीपीडितले भने– हामीले पोखरालाई शान्त राख्न खोजेका हौं नत्र रास्वपाका कार्यकर्ताभन्दा बढी सडकमा उतार्न सक्थ्यौँ

सूर्यदर्शन सहकारीका पीडितले आफूहरुले अदालत र प्रहरीलाई दबाब दिन नखोजेको बताएका छन् । 

उनीहरुले पोखरामा पत्रकार सम्मेलन गर्दै  रास्वपाले सरकार र अदालतलाई दबाब दिन गलत तरिकाले सडक संघर्ष गरेको बताए ।

पीडितले भने, ‘ हामी पोखरालाई शान्त राख्न खोजेका हौं नत्र रास्वपाका कार्यकर्ताभन्दा बढी सडकमा उतार्न सक्थ्यौँ । सरकारले काम गरेको छ भनेर चुप लागेका हौं । ’

उनीहरुले जीबी राईका नाममा रहेको सम्पत्ति लिलामी गरेर पीडितको रकम फिर्ता दिनुपर्ने माग गरेका छन् ।

‘हाम्रो पैसाले हेलिकोप्टर र जहाजबाहेक सबै किने, रवि लामिछानेलाई किनिदिएको तीन करोडको गाडी खोई ? जीबी राईका नाममा रहेको सम्पत्ति खोजेर सरकारले लिलाम गरिदियो भने हामीलाई पनि सहज हुन्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको