Like us!
Follow us!
Connect us!
Watch us!

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै, ८० प्रतिशसम्म छुट पाइने

अर्थ संसार

शुक्रबार, २३ कार्तिक २०८१, १७ : १६ मा प्रकाशित

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै, ८० प्रतिशसम्म छुट पाइने

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्दैछ। 

नेपालमा बर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस बर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ। बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८०% सम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरूका साथै अविश्वसनिय छुट लगायत सुविधाहरू समेत उपलब्ध हुनेछन्।

दराजले १० वटा बैंक र २ वटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत २ हजार ५०० रुपैयाँसम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

यी बैंकका डेबिट कार्डहरू मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ % छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २० % छुट, अधिकतम २५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

ग्राहकहरू नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंकका डेबिट कार्डमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ ।

साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम २ हजार ५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेटमार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, यस अभियानमार्फत दैनिक रुपमा ११ रुपैयाँ, १११ रुपैयाँ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९ रुपैयाँ, ९९९ रुपैयाँ, १९९९ रुपैयाँ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् ।

साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् ।

थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको