सिंगटी हाइड्रो इनर्जीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
११३ प्रतिशतले बढ्यो खुद नाफा
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी र सञ्चालन आम्दानमा गिरावट
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.२८ प्रतिशत घटेर २६ करोड ३५ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ०.०५ प्रतिशत घटेको छ भने कुल आम्दानी ०.८१ प्रतिशत बढेको छ ।
प्रतिसेयर आम्दानी
नाफा उल्लेख्य बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी ९५ पैसा मात्र बढेको छ । हकप्रद सेयर निष्काशन गरी चुक्ता पूँजी शतप्रतिशत बढेका कारण कम्पनीको प्रतिसेयर आम्दानीमा दबाब पुगेको हो ।
प्रतिसेयर नेटवर्थ
असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.५४ गुणा रहेको छ ।
चुक्ता पूँजी/जगेडा कोष
२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ४० लाख रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस