सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनी ४२ लाख २८ हजार रुपैयाँ नोक्सानीमा थियो ।
यस अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ह्वात्तै बढेपछि कम्पनी नाफामा गएको छ ।
गत वर्ष १७ करोड २० लाख विद्युत बिक्रीबाट हुने आम्दानी गरेको कम्पनीको अहिले बढेर ४३ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिंगटीको सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ जम्मा रहेको छ । यसको एकुमुलेटेड नाफा १ करोड ८० लाख रुपैयाँ छ ।
दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ४.९३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १०९.२८ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस