प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन जोड्नुपर्ने बताएका छन् ।
विराटनगरमा सोमबार साँझ पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने एक सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस