राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार हातमा मोबाइल बोकेर सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक नागरिकसँग डराएको बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापतिद्वय डिपी अर्याल‚ स्वर्णिम वाग्ले र कार्यवहाक प्रवक्ता मनिष झाले सोमबार मंगलबार एक सन्देश जारी गर्दै यस्तो बताए ।
सन्देशमा उनीहरूले सरकार वैकल्पिक मिडियाको उपयोग गर्दै बेथिति विरुद्ध आवाज उठाउन थालेपछि राज्य सत्ता धरमराएको उल्लेख गरेका छन् । सन्देशमार्फत रास्वपाले आम जनतालाई गोलबद्ध भएर एउटा वृहत् अभियान अघि बढाउन अनुरोध समेत गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस