Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारसँगै घट्यो कारोबार रकम, फाइनान्समा आकर्षण

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १५ : १० मा प्रकाशित

सेयर बजारसँगै घट्यो कारोबार रकम, फाइनान्समा आकर्षण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अकंले घटेर २७४८.९६ बिन्दुमा कायम भएको छ । बजार  घट्दा आज  कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ३१ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ८५ करोडको सेयर कारोबार भएको हो ।

आज फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे ।

अन्य समूह सबैभन्दा धेरै १.१८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर  कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड २८ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।  आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्था र मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्  भने  सबैभन्दा धेरै गुमाउनेमा भने गुडविल फाइनान्सका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको