Like us!
Follow us!
Connect us!
Watch us!

दुई जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, ०७ : ५९ मा प्रकाशित

दुई जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई जलविद्युत कम्पनी, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ। यो समायोजन कम्पनीहरूको वार्षिक साधारण सभा र लाभांश वितरणका लागि बुक क्लोज गरेपछि भएको हो।

नेप्सेले मन्दाकिनीको सेयरमूल्य ५% र बिन्ध्यबासिनीको ८% ले समायोजन गरेको छ। समायोजनपश्चात् मन्दाकिनीको सेयरमूल्य ८०४.६७ रुपैयाँ र बिन्ध्यबासिनीको ६३५.१९ रुपैयाँ कायम भएको छ।

मन्दाकिनी हाइड्रोपावरले मंसिर ७ गते, शुक्रबार, काठमाडौंको लाजिम्पाटमा आफ्नो ११ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। कम्पनीले ५% बोनस सेयर र ०.२६३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै, कम्पनीले १:१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ। यो हकप्रद सेयर माथिल्लो सार्दी खोला जलविद्युत आयोजना, डल्फिन पावर प्रा.लि.मा लगानी, र बैंक ऋण तिर्न प्रयोग गरिनेछ।

त्यस्तै, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८% बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको आठौँ वार्षिक साधारण सभा मंसिर ६ गते, बिहीबार, काठमाडौंको नयाँ बानेश्वरमा आयोजना हुनेछ। सभाले बोनस सेयर वितरण प्रस्तावका साथै सञ्चालक समितिको संख्या संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको