Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्प सरकारमा मस्क र रामास्वामीले 'सरकारी दक्षता विभाग' को नेतृत्व गर्ने

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, ०८ : ४३ मा प्रकाशित

ट्रम्प सरकारमा मस्क र रामास्वामीले 'सरकारी दक्षता विभाग' को नेतृत्व गर्ने

अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क र विवेक रामास्वामीलाई 'सरकारी दक्षता विभाग' को प्रमुख हुने घोषणा गरेका छन् ।

टेस्लाका प्रमुख मस्कले चुनावमा ट्रम्पलाई जिताउन ठुलो रकम खर्च गरेका थिए । उनी चुनावमा ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका सबैभन्दा हाइप्रोफाइल व्यवसायी हुन् ।

त्यस्तै विवेक रामाश्वामी राष्ट्रपति निर्वाचनमा ट्रम्पसँगै उम्मेदवार रहेका थिए । पछि उम्मेदवारी फिर्ता लिदै ट्रम्पलाई समर्थन गरेका थिए ।

अब मस्क र रामाश्वामीले अमेरिकी सरकारको नयाँ मन्त्रालय 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी' को नेतृत्व गर्ने भएका छन् । यस बिभागले अमेरिकी कर्मचारीतन्त्रको पुनर्संरचना, अनावश्यक खर्च भएका क्षेत्रको पहिचान गर्ने र त्यसलाई घटाउने, संघीय एजेन्सीहरुको पुनर्संरचना गर्ने लगायतका काम गर्ने ट्रम्पले जानकारी दिएका छन् ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको