Like us!
Follow us!
Connect us!
Watch us!

मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाको घोषणा

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, १६ : २६ मा प्रकाशित

मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । 

रास्वपाका प्रवक्ता मनिष झाले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा  मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

रास्वपाले दोस्रो चरणको आन्दोलनका एजेण्डाहरु पनि सार्वजनिक गरेको छ ।  रास्वपाले प्रहरी हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर छानविन गर्न माग गरेको छ । 

आफ्ना मागबारे प्रधानमन्त्रीलाई समेत  जानकारी गराउने प्रयास गरे पनि समय नदिएको नेता झाले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको