Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से  ३१ अंकले ओरालो लाग्दा ८ अर्ब २५ करोडको कारोबार

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १५ : १६ मा प्रकाशित

नेप्से  ३१ अंकले ओरालो लाग्दा ८ अर्ब २५ करोडको कारोबार

नेप्से ३१.३१ अंकले घटेर २६८०.४४ को विन्दुमा बन्द भएको छ।

सूचीकृत ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ताको ८ अर्ब २५ करोडको सेयर कारोबार भएको छ। आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । माहुली लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको