प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू २०८३ साल असारसम्म प्रधानमन्त्री रहने बताएका छन्। सरकार टिक्दैन भनेर पटक–पटक प्रचार भए पनि त्यसमा सत्यता नभएको भन्दै उनले यस्तो बताएका हुन् ।
एमालेको जागरण सभामा ओलीले भने ‘अलि अगाडिसम्म के हो, कसो हो भन्ने पनि परेको हुनसक्छ,किनभने सरकार बन्दैबन्दैन, बन्यो। विश्वासको मत पाउँदै, पाउँदैन, त्यो पनि पायो। यो महिना कट्दैन। त्यो पनि कट्यो। दसैं देख्दैन, त्यो पनि देख्यो। देख्ने मात्रै होइन, मनायो। तिहार देख्दैन, त्यो पनि देख्यो। कार्तिक कट्दैन, त्यो पनि कट्यो। अब भाका राख्दैछन्, फेब्रुवरीको। त्यो भनेको फागुनको हो। म भन्न चाहान्छु, २०८४ साल मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ।
सबैले बुझेहुन्छ, कान खोलेर सुनेहुन्छ। म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि प्रधानमन्त्रीलाई जिम्मा लगाउँछु। शेरबहादुर देउवाजीले १८ महिना चलाउनुहुन्छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस