Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको १०% नगद लाभांश पाउने अन्तिम मौका आज!

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, ०७ : १० मा प्रकाशित

नबिल बैंकको १०% नगद लाभांश पाउने अन्तिम मौका आज!

नबिल बैंक लिमिटेडले आगामी साधारण सभाका लागि मंसिर ९ गते, आइतबार, लाभांश सुरक्षित गर्ने अन्तिम दिन तोकेको छ। मंसिर १० गते बुकक्लोज गर्ने भएकाले, आजसम्म कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

मंसिर २७ गते बिहीबार, बिहान १० बजे, बैंकले आफ्नो ४०औं वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा आयोजना गर्नेछ। सभामा चुक्तापूँजीको १०% नगद लाभांश, अर्थात् २ अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ वितरणको प्रस्ताव प्रस्तुत हुनेछ।

यसका साथै, बैंकले गाभ्ने-गाभिने वा प्राप्ति गर्नेसम्बन्धी प्रक्रियाहरू अघि बढाउन र रणनीतिक साझेदारी गर्नका लागि सञ्चालक समितिलाई विशेष अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको