Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै ?

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, ०८ : ४३ मा प्रकाशित

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै ?

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको देशको लागि हो कि तीर्थयात्रा मात्रै हो ? भन्दै प्रश्न गरेका छन् । सोमबारबाट शुरू भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सिंगो देश र जनतालाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रश्न उठाए । 

साहले अहिले विश्वसामु नै नेपालको इमेज खस्किँदै गएको टिप्पणी गरे ।

उनले भने- ‘आज विश्वसामु नेपालको इमेज खस्किँदै गइरहेको छ । यो सरकारको व्यक्तिवादी र निहित स्वार्थ अनि सोचको कारण यस्तो अवस्था भएको हो । छिमेकीहरूसँगको हाम्रो सम्बन्ध पनि धराशायी हुँदै छ । हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्योलमा छौँ । प्रधानमन्त्रीको भ्रमण एउटा व्यक्तिगत भ्रमण हुने, निहित स्वार्थमा हुने कि देश र जनताको लागि भ्रमण हुने ? यो गम्भीर प्रश्न खडा छ । अहिले नेपालको विभिन्न देशसँगको कूटनीतिक सम्बन्ध कमजोर हुँदैछ । ध्वस्त हुँदैछ ।’

पूर्वमन्त्री साहले मुलुकमा यति वेला लोकतन्त्र विरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरे । देशको बागडोर सम्हालेको सरकार प्रमुखको गतिविधिकै कारण यस्तो अन्योलपूर्ण अवस्था सिर्जना भएको साहको टिप्पणी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको