Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १२ : १५ मा प्रकाशित

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको छ। नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत रहेको यस कार्यालयले विकास ऋणपत्र–२०८४ बोलकबोलमार्फत मंसिर १२ गते बिक्री खुला गर्ने तयारी गरेको हो।

तीन वर्षे अवधि रहेको यो ऋणपत्रको निष्कासन मंसिर १३ गते गरिनेछ। इच्छुक लगानीकर्ताहरूले मंसिर १२ गतेभित्र बोलकबोल प्रक्रिया पूरा गर्नुपर्ने कार्यालयले जनाएको छ। 

ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले उक्त कार्यालयको वेबसाइट एवं राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली सफ्टवेयरमार्फत् समानान्तर रूपमा बोलकबोल पेस गर्न सक्नेछन् ।उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको