Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, १३ : १७ मा प्रकाशित

बैंकहरुको मुद्दती निक्षेपमा  ४ अर्ब रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंक बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब करोड लगानी गर्ने भएको छ । साेमबार एक सूचना जारी गर्दै केन्द्रिय बैंकले बैंकहरुमा सो रकम लगानी गर्ने जनाएको हो । 

 बैंकले  बैंकहरुको विभिन्न पेन्सन कोषमा रहेको ४ अर्ब ४ करोड ७९ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ३ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६० करोड ७१ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २० करोड २३ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर १९ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको