Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय माध्यमबाट कारोबार गर्दा सावधानी अपनाउन केन्द्रीय बैंककाे आग्रह

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, १२ : २९ मा प्रकाशित

विद्युतीय माध्यमबाट कारोबार गर्दा सावधानी अपनाउन केन्द्रीय बैंककाे आग्रह

नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै विद्युतीय कारोबारमा सुरक्षित र सचेत रहनका साथै सजगता अपनाउन आग्रह गरेको हो । 

केन्द्रीय बैंकले मोबाइल बैंकिङ एप, डिजिटल वालेट जस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

‘विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भइसकेपछि वित्तीय ठगहरुबाट रकम फिर्ता गर्ने कार्य पनि जटिल हुन सक्छ’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

केन्द्रीय बैंकले खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठीक रहे-नरहेको एकिन गर्न आग्रह गरेको छ।  

साथै, विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बर जस्ता संवेदनशील वित्तीय जानकारी अरु कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

 

 

674ea92f65e09.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको