Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा इन्साइडर ट्रेडिङ लगायतका अनैतिक गतिविधि नियन्त्रण गर्छु: अध्यक्ष श्रेष्ठ

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, ११ : ०९ मा प्रकाशित

सेयर बजारमा इन्साइडर ट्रेडिङ लगायतका अनैतिक गतिविधि नियन्त्रण गर्छु: अध्यक्ष श्रेष्ठ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले धितोपत्र बजारमा हुने इन्साइडर ट्रेडिङ लगायतका अनैतिक गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल स्टक ब्रोकर्स एसोसिएसनको ३० औं वार्षिक साधारण सभा उद्घाटनका क्रममा बिहीबार उनले  धितोपत्र बजारलाई निष्पक्ष, पारदर्शी र सुशासित बनाउने मूल नाराका साथ बोर्ड अघि बढेकाले कुनै पनि प्रकारका अनौतिक गतिविधि हुन नदिने प्रष्ट पारे ।“निष्पक्ष, पारदर्शी र लचिलो पुँजी बजार” भन्ने नारामा जोड दिँदै सर्वसाधारण लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजारमा हुने हेराफेरी, इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ जस्ता अनैतिक प्रचलनलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा उनले स्टक ब्रोकरहरूलाई लगानीकर्ताको सेयर किनबेचबाट हुने रकम समयमा नै राफसाफ गर्न निर्देशन दिए। यसै क्रममा उनले लगानीकर्ताका हकअधिकार सुनिश्चित गर्न बजारमा देखिएका विकृतिहरू हटाउन दृढ रहेको जनाए। साथै, अध्यक्ष श्रेष्ठले उनले  लगानीकर्ताको प्रमुख चासोको विषय भएकाले कारोबार भएका धितोपत्रको समयमै क्लियरिङ र सेटलमेन्टमा विशेष ध्यान दिन धितोपत्र दलालसँग आग्रह गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको