एफपीओ निष्कासन गर्न पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।
बोर्डसँग एफपीओ निष्कासन गर्न बुटवल पावर कम्पनी, नेसनल लघुवित्त, विन नेपाल, विजय र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले अनुमति मागेका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरुले एफपीओ जारी गर्न लागेका हुन् ।
कसको कति ?
बुटवल पावर
बुटवल पावरले प्रतिकित्ता २०६.३० रुपैयाँमा १ करोड कित्ता एफपीओ बिक्रीका लागि अनुमति मागेको हो । कम्पनीले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नछ ।
नेसनल लघुवित्त
नेसनल लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ६९ हजार ९०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
विन नेपाल लघुवित्त
विन नेपाल लघुवित्तले १०० रुपैयाँका दरले ५१ हजार २९२.५ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
स्वरोजगार लघुवित्त
स्वरोजगार लघुवित्तले १०० रुपैयाँका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस