Like us!
Follow us!
Connect us!
Watch us!

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, बेपत्ता चालक र सहचालक खोज्न गोताखोर परिचालन

अर्थ संसार

आइतबार, २३ मंसिर २०८१, १४ : १२ मा प्रकाशित

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, बेपत्ता चालक र सहचालक खोज्न गोताखोर परिचालन

धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना हुँदा बेपत्ता भएका चालक र सहचालकको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

चितवनबाट राजधानी काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो ।  दुर्घटनामा परेको ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोर टोली परिचालन गरिएको छ ।

सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको छ  ग्यास भरिएको बुलेट दुर्घटना भएकाले दुर्घटनाको जोखिम औंल्याउँदै प्रहरीले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको