विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।
पोखराले एनपीएलको चार खेलमा पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ। पराजित पोखरा २ अंकमा छैटौँ स्थानमा छ।
पोखरालाई पराजित गर्दै कर्णालीले भने एनपीएलमा तेस्रो जित निकाल्दै अंकतालिकामा ६ अंक जोडेको छ। एनपीएलको पाँच खेलमध्ये ३ खेलमा जित र २ खेलमा हार भोगेको कर्णाली अंक् तालिकाको चौथो स्थानमा छ। जितसँगै कर्णालीको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ।
पोखराले दिएको १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको गुमाएर पूरा गरेको हो । कर्णालीका लागि गुल्सन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे। गुल्सनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। चाडविक वाल्टनले ४२ रन बनाउँदै पेभेलियन फर्के। उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए।
पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस