Like us!
Follow us!
Connect us!
Watch us!

लिग चरणमै रोकियो लुम्बिनीको यात्रा,काठमान्डुसँग १८ रनले पराजित

अर्थ संसार

बुधबार, २६ मंसिर २०८१, १६ : २९ मा प्रकाशित

लिग चरणमै रोकियो लुम्बिनीको यात्रा,काठमान्डुसँग १८ रनले पराजित

एनपीएलमा लुम्बिनी लायन्सको यात्रा लिग चरणमै रोकिएको छ ।

बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित हुँदा लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनेको छ ।

६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ । काठमान्डुले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ । काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ ।

काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो । लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मदतमा सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश कँडेलले किफायती बलिङ गर्दै ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए । जेरार्ड एरासमसले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । रासिद खानले १ विकेट लिए । शाहब आलमले विकेट नलिएपनि किफायती बलिङ गर्दै ४ ओभरमा १० रन मात्र खर्चिए ।

त्यसअघि कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो । काठमान्डुका लागि भिम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।

बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान १ विकेट झारे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको