Like us!
Follow us!
Connect us!
Watch us!

एकदिन पनि टिकेन लगानीकर्ताको खुसी ,नेप्से ३३ अकंले घट्नुको कारण के ?

अर्थ संसार

विहीबार, २७ मंसिर २०८१, १५ : ०८ मा प्रकाशित

एकदिन पनि टिकेन लगानीकर्ताको खुसी ,नेप्से ३३ अकंले घट्नुको कारण के ?

बुधबार थोरै राहत दिएको सेयरबजारले अन्तिम कारोबारका दिन आज बिहिबार भने लगानीकर्तालाई निराश बनाएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४२ अकंले घटेर २६८२.२९ बिन्दुमा बन्द भएको छ । आज ३०४ कम्पनीको १ करोड २३ लाख कित्ता किनबेच हुँदा ६ अर्ब १४ करोडको सेयर कारोबार भएको छ । 

लगानीकर्तामा बजार माथि जान्छ भन्ने आत्मविश्वास नभएपछि नेप्से पुनः तल झरेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको