Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएलः पहिलाे खेलमा लुम्बिनी र कर्णालीबिचमा प्रतिस्पर्धा

अर्थ संसार

शुक्रबार, २८ मंसिर २०८१, ०७ : ४२ मा प्रकाशित

एनपीएलः पहिलाे खेलमा लुम्बिनी र कर्णालीबिचमा प्रतिस्पर्धा

आज नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसाैं र तेइसाैं खेल हुदैँछ ।

आजको पहिलाे खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सका  प्रतिस्पर्धा हुदैँछ । 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः ०० बजेवाट सुरू हुनेछ ।

आज हुने पहिलो खेलमा लुम्बिनीवाट राेहितकुमार पाैडेलले नेतृत्व गर्नेछन भने कर्णालीवाट साेमपाल कामी नेतृत्व गर्नेछन । 

एनपीएल अघिल्लाे शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

लुम्बिनी लायन्स 

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।

कर्णाली याक्स 

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको