Like us!
Follow us!
Connect us!
Watch us!

डलरले तोड्यो रेकर्ड, मूल्य पुनः उचाइमा

अर्थ संसार

शुक्रबार, २८ मंसिर २०८१, ०७ : ४८ मा प्रकाशित

डलरले तोड्यो रेकर्ड, मूल्य पुनः उचाइमा

नेपाली बजारमा अमेरिकी डलरको मूल्यले पुनः नयाँ उचाइ छोएको छ। नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ८ पैसा र खरिददर १३५ रुपैयाँ ४८ पैसा तोकिएको छ।

मंसिर २६ गतेको बिक्रीदर १३६ रुपैयाँ ७ पैसा र खरिददर १३५ रुपैयाँ ४७ पैसा थियो। यस दिन एक पैसाको वृद्धि हुँदै डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

अन्य मुद्राको विनिमय दर

राष्ट्र बैंकले शुक्रबारका लागि निम्न विदेशी मुद्राको विनिमय दर तोकेको छः

  • युरोपियन युरो
    • खरिददर: १४२ रुपैयाँ ६८ पैसा
    • बिक्रीदर: १४३ रुपैयाँ ३२ पैसा
  • बेलायती पाउण्ड स्टर्लिङ
    • खरिददर: १७२ रुपैयाँ ८९ पैसा
    • बिक्रीदर: १७३ रुपैयाँ ६६ पैसा
  • अष्ट्रेलियन डलर
    • खरिददर: ८६ रुपैयाँ ६५ पैसा
    • बिक्रीदर: ८७ रुपैयाँ ३ पैसा
  • क्यानेडियन डलर
    • खरिददर: ९५ रुपैयाँ ६२ पैसा
    • बिक्रीदर: ९६ रुपैयाँ ४ पैसा
  • कतारी रियाल
    • खरिददर: ३७ रुपैयाँ १६ पैसा
    • बिक्रीदर: ३७ रुपैयाँ ३३ पैसा
  • साउदी रियाल
    • खरिददर: ३६ रुपैयाँ ६ पैसा
    • बिक्रीदर: ३६ रुपैयाँ २२ पैसा
  • युएई दिराम
    • खरिददर: ३६ रुपैयाँ ८८ पैसा
    • बिक्रीदर: ३७ रुपैयाँ ५ पैसा
  • मलेसियन रिंगिट
    • खरिददर: ३० रुपैयाँ ५९ पैसा
    • बिक्रीदर: ३० रुपैयाँ ७३ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको