Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिकोत्सव: फेवा तालमा लाइफ ज्याकेट सहयोग

अर्थ संसार

आइतबार, ३० मंसिर २०८१, ०८ : ३४ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिकोत्सव: फेवा तालमा लाइफ ज्याकेट सहयोग

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पोखराको फेवा तालमा ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ। २०८१ मंसिर २८ गते शुक्रबार आयोजित एक भव्य कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष श्री बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि माननीय बिन्दु कुमार थापाले फेवा तालको महत्व र पर्यटकीय नगरी पोखरामा लाइफ ज्याकेटको उपयोगिता दर्शाउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको यो सहयोगलाई सराहना गरे। उनले यस प्रकारको कार्यलाई अन्य संस्थाले पनि अनुकरण गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले कम्पनीको समाजमा प्रत्यक्ष योगदान दिने प्रयासलाई निरन्तरता दिएको र यस सहयोगलाई जीवनको सुरक्षा र आर्थिक जोखिमसँग जोडेर व्याख्या गरे।

फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष श्री बलराम गिरीले कम्पनीको सहयोगलाई महत्त्वपूर्ण र गर्वको विषय मान्दै लाइफ ज्याकेटको गुणस्तरमा सुधार ल्याउनुको महत्त्वपूर्ण पक्ष रहेको बताए।

यस अवसरमा कास्की जिल्ला प्रहरी प्रमुख, पोखरा पर्यटन परिषद्का अध्यक्ष, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अन्य उच्च अधिकारीहरू र विभिन्न कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक जिम्मेवारीका अन्तर्गत यस प्रकारका सहयोग कार्यक्रम निरन्तर गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको