प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा जेठ २६ गते गर्ने भएको छ। सभा काठमाडौँको भाटभटेनीस्थित अम्रपाली बैंक्वेटमा बिहान ११ बजे सुरू हुने कम्पनीले जानकारी दिएको छ। बैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश साधारण सभामा स्वीकृतिका लागि पेश गरिनेछ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरण पारित गर्नेछ। साथै कम्पनी ऐन, २०६३ को दफा १११(३) अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
सभामा सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ भने प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायको निर्देशनअनुसार आवश्यक भएमा संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ। गत वर्षको सातौं वार्षिक सभाबाट पारित ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव भने बोनस वितरणपछि कम्पनीको चुक्तापुँजी नियामक निकायको मापदण्ड पुगेको हुँदा रद्द गरिने प्रस्ताव पनि सभामा पारित हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले जेठ १५ गते सार्वजनिक बिदा परेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरू लाभांशका लागि योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस