पेट्रोलियम पदार्थ बोकेका दुइ रूसी कार्गो जहाज फस्न पुगेका छन् ।
रसिया र हालै विलय गरिएको क्रिमिया बीचको केर्च स्ट्रेटमा खराब मौसमका कारण समस्यामा परेको रूसको आपतकालीन मन्त्रालयले जनाएको छ ।
सोही क्रममा एक हेलिकप्टरमा उद्धार टोलीका सदस्यहरू दुइ जहाज मध्ये एउटाको उद्दारका लागि उडेको थियो, जुन भुइँमा ठोक्किएर क्षतिग्रस्त भएको छ, जसमा एक जनाको मृत्यु भएको बताइएको छ । तर, जहाजको १३ जना चालक दललाई भने बाहिर निकालिएको छ ।
दोस्रो कार्गो जहाज, भोल्गोनेफ्ट सोही क्षेत्रमा खराब मौसमका कारणा अनियन्त्रित भइ बगिरहेको छ, दोस्रो जहाजमा १४ जना सवार रहेको रूसले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस