Like us!
Follow us!
Connect us!
Watch us!

५१ अंकले घटेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, १५ : २२ मा प्रकाशित

५१ अंकले घटेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५१.३७ अकंले घटेर २६३०.९१ बिन्दुमा बन्द भएको छ । आज ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ ।

आज कुथेली बुखरी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूहमा सबैभन्दा गिरावट आएको छ । 

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यस्तै,जोशी हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँ,जानकी फाइनान्सको १८ करोड ४९ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सको १५ करोड २३ लाख रुपैयाँ,नेपाल फाइनान्सको  १२ करोड ७५ लाख रुपैयाँ,एचआईडीसीएलपीको १० करोड २१ लाख रुपैयाँ र बेस्ट फाइनान्सको ९ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसैगरी,रिभर फल्स पावरको ८ करोड ३६ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावरको ८ करोड २४ लाख रुपैयाँ र
नारायणी डेभलपमेन्ट बैंकको ७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको