प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेकाले भ्रष्टहरुको मुख भन्दा पनि काम र अपराध हेरेर कारबाही गरिने बताएका छन् ।
ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका छन् ।
उनले भने, ‘आर्थिक हिसाबले देशको अवस्था नाजुक बनाइएको रहेछ । त्यसलाई सम्हालेर फर्काएर माथि उठाउने काम गर्दैछौं । देशको अवस्था सच्याउनुछ । गरिबीबाट माथि उठाउनुछ । देशलाई सुशासन दिनुछ । देशलाई भ्रष्टाचार मुक्त बनाउनुछ । मैले भनेको छु– भ्रष्टहरुको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस