Like us!
Follow us!
Connect us!
Watch us!

खारेज भयो दुर्गा प्रसाईंले दायर गरेको,बैंकलाई ऋण असुलीको बाटो खुल्यो

अर्थ संसार

बुधबार, ०३ पुस २०८१, १५ : ४२ मा प्रकाशित

खारेज  भयो  दुर्गा प्रसाईंले दायर गरेको,बैंकलाई ऋण असुलीको बाटो खुल्यो

बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ ।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो । 

कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।  प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक अभिव्यक्ति दिएपछि प्रसाईँ गत मंसिर ४ गतेदेखि प्रहरी हिरासतमा छन् । उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दामा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनीमाथि हाल सङ्गठित अपराध र आपराधिक लाभको कसुरमा छानबिन भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको