Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीलाई धम्क्याएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता,७ वर्ष कैद सजायको मागदाबी

अर्थ संसार

विहीबार, २५ पुस २०८१, १२ : ०३ मा प्रकाशित

व्यवसायीलाई धम्क्याएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता,७ वर्ष कैद सजायको मागदाबी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा व्यवसायीहरूलाई रकम असुलीका लागि धम्क्याएको आरोपमा विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेका हो ।

प्रसाईंसँगै हरिचनद्र फुयाल र रामचन्द्र मैनालीलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो । झापाकै फुयाल हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को हिरासतमा छन् भने मैनाली झापाको बिर्तामोडका हुन् ।  

प्रसाईंले हरिचन्द्र र रामचन्द्रलाई परिचालन गरी भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा व्यवसायीहरूलाई रकम असुलीका लागि धम्क्याएको आरोप छ ।

उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले आपराधिक लाभ लिन नहुने कसुर गरेको भन्दै सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्मको जरिवाना मागदाबी गरेको छ । त्यस्तै संगठित तर्फबाट थप ५० प्रतिशत सजाय माग गरी मुद्दा दर्ता भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको