Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, १३ : २१ मा प्रकाशित

युनिक नेपाल लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको भोलि पुस १० गते छैठौं वार्षिक साधारणसभा बस्ने भएको छ । 

सभामा भविष्यमा अन्य कुनै लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरिसकेको छ। त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

सभा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि शुरू हुनेछ।

सभा प्रयोजनका लागि लघुवित्तले पुस २ गते बुक क्लोज गरिसकेकाले पुस १ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको