सहकारी ठगी प्रकरणमा एमालेकी पुर्व सांसद पक्राउ परेकी छिन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो मुद्धामा मुछिएका पुर्व सांसद गुरुङसहित आरती गुरुङलाई पोखरास्थित घरबाटै मंगलवार साँझ पक्राउ गरिएको हो ।
पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् ।
पोखरा महानगरपालिका–१२ रानीपौवा घर भएकी मिना नेकपा एमालेबाट गण्डकी प्रदेश सभाको पूर्वसांसद हुन् । ६३ वर्षीया गुरुङ सूर्यदर्शनको सञ्चालक समितिको पूर्वउपाध्यक्ष पनि हुन् । अब उनी माथी सोधपुछ तथा छानबिन प्रक्रिया अघि बढनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस