सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका तीन जना प्रतिवादीको आइतबार बयान सकिएको छ । प्रतिवादीहरु रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग बयान लिइएको हो ।
यसअघि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईसँग बयान लिइएको थियो ।
कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले आरोपपत्र दायर गरेसँगै न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसका लागि बयान चलिरहेको हो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ ।
रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ र सहकारी ठगीतर्फ ३ करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस