Like us!
Follow us!
Connect us!
Watch us!

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण - पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित

अर्थ संसार

आइतबार, ०६ माघ २०८१, ११ : ३२ मा प्रकाशित

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण - पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित

 पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । 

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको