Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख बढी संस्थापक सेयर बिक्री खुला

अर्थ संसार

शुक्रबार, १२ पुस २०८१, ०९ : १३ मा प्रकाशित

युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख बढी संस्थापक सेयर बिक्री खुला

युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख ७ हजार १८२ कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको छ। यी सेयरमध्ये आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता र राधेश्याम अग्रवालको नाममा रहेको ३३ हजार १३७ कित्ता सेयर बिक्रीमा छन्।

आईजे ग्रुपले बिक्रीमा राखेका सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ भने अग्रवालले बिक्रीमा राखेका सेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। यस सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीलाई मात्र आवेदन दिने अनुमति छ।

कम्पनीले ३५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ। इच्छुक सेयरधनीले काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्।

यदि तोकिएको समयसीमाभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको