Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवमा ३५ छात्रालाई छात्रवृत्ति प्रदान

अर्थ संसार

शनिबार, १३ पुस २०८१, १३ : ४८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवमा ३५ छात्रालाई छात्रवृत्ति प्रदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा भर्ना भएका विपन्न वर्गका छात्राहरुलाई सहयोगस्वरूप वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउनेछ। छात्रवृत्तिबाट कक्षा १२ सम्म अध्ययन गर्न मद्दत पुर्‍याइने बैंकले जनाएको छ। यस वर्ष प्रत्येक प्रदेशबाट ५ जना गरी कुल ३५ छात्रा छनोट गरिएको छ।

यस कार्यक्रममार्फत बैंकले अहिलेसम्म १४० छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। बैंकका अनुसार यस किसिमको सहयोगले आर्थिक समस्याका कारण पढाइ छोड्न बाध्य छात्राहरुलाई विद्यालय शिक्षा पूरा गर्न प्रेरणा मिल्नेछ। महिला शिक्षित भएपछि समाजको चेतना स्तर अभिवृद्धि हुने र आर्थिक रूपमा सबल बनाउन योगदान पुग्ने बैंकको विश्वास छ।

ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि यस्ता कार्यक्रम गर्दै आएको छ। बैंकका अन्य सेवाहरूमा ३५४ शाखा, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ बैदेशिक कार्यालय समेटिएका छन्। बैंकले देशभर मात्र होइन, विदेशमा समेत रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ।

ग्लोबल आइएमई बैंकलाई हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ बाट सम्मान गरिएको छ। साथै, बैंक नेपालभर शाखा सञ्जाल पुगेको पहिलो निजी वाणिज्य बैंक हो।

676fb126bf02e.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको