प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले जनता अलमल्याइरहेको आरोप लगाएका छन् ।
आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले संविधानको धारा–धारामा राजनीति गरेर मधेशका नेताहरूले जनता अलमल्याइरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने,'म अघिल्लो पटक प्रधानमन्त्री हुँदा गफ धेरै गरे । ठूला कुरा धेरै गरे । यहाँका नेताहरूको माग संविधानको फलानो धारा फेनुपर्छ भन्ने मात्रै छ,‘संविधानको धाराको राजनीति गरेर जनता अलमल्याइरहनुहुन्छ ।’
उनले मधेशी जनताको जीवनस्तरमा फरक पार्नेगरी आफू नेतृत्वको सरकारले काम गरिरहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस