Like us!
Follow us!
Connect us!
Watch us!

'पुराना रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाऔं': ओलीको सम्बोधन

अर्थ संसार

आइतबार, १४ पुस २०८१, १९ : ०३ मा प्रकाशित

'पुराना रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाऔं': ओलीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने  आफूहरुको साझा उद्देश्य भएको बताएका छन ।

नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन्, मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ, तपाईँहरुको एमालेमा आउने छनोट सही छ, तपाईँहरु नमुना हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ, युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्न नभई कामको नतिजा निकाल्नु पर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गरेका छन् ।
कार्यक्रममा अध्यक्ष ओलीले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए । 

सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा समाहित गर्नुभएको थियो । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उद्घोष गरेका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको