झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विजयी उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्।
ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बालेन शाहसँगको पुरानो तस्वीर सेयर गर्दै उनको विजयका लागि शुभकामना व्यक्त गरेका हुन्।
उनले आफ्नो सन्देशमा बालेन शाहलाई सम्बोधन गर्दै निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिँदै आगामी पाँच वर्षे कार्यकाल सफल र निर्विघ्न रहोस् भन्ने कामना गरेका छन्।
ओलीले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना।”
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह विजयी भएका थिए। उनले ६८ हजार ३४८ मत प्राप्त गर्दै पूर्वप्रधानमन्त्री ओलीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।
बालेन शाहले करिब ४९ हजारभन्दा बढी मतान्तरसहित जीत हासिल गरेका थिए। उनी पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेर प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस