Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी ७ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?

अर्थ संसार

सोमबार, १५ पुस २०८१, १० : ४१ मा प्रकाशित

नेप्सेमा यी ७ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेञ्जमा ७ कम्पनीको सेयरमूल्य समायोजन भएको छ।

कृषि विकास बैंक,मितेरी डेभलपमेन्ट बैंक,महालक्ष्मी विकास बैंक, छिमेक लघुवित्त,आत्मनिर्भर लघुवित्त,जीवन विकास लघुवित्त, र चिलिमे हाइड्रोपावरको बोनस सेयरमूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरिएको हो । 

नेप्सेले कृषि विकास बैंकको ३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। त्यस्तै, छिमेक लघुवित्तको ८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत, जीवन विकास लघुवित्तको १४ प्रतिशत र चिलिमेको १० प्रतिशत बोनस सेयर समायोजन भएको हो।

समायोजनपश्चात कृषि विकास बैंकको सेयरमूल्य ३२४ रुपैयाँ १७ पैसा, मितेरीको ६३५ रुपैयाँ ३९ पैसा, महालक्ष्मीको ३७७ रुपैयाँ ६७ पैसा, छिमेकको ८६१ रुपैयाँ २० पैसा, आत्मनिर्भरको ५ हजार ७१५ रुपैयाँ ५४ पैसा, जीवन विकासको १ हजार ३७८ रुपैयाँ ७ पैसा र चिलिमेको ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ।

अब,मंगलबार समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको